नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौँ भन्ने सन्देश दिन जरुरी छ- मन्त्री पाण्डे
मैले कसैलाई पूर्वाग्रह गरेको छैन: मन्त्री पाण्डे
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रस्ट पार्नुभएको छ ।
प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नुभयो, मेरो कुनै पनि विभागीय कर्मचारीहरू माथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु । उहाँले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौँ भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनु पर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रस्ट पार्नुभयो । मन्त्री पाण्डेले पहाडी इलाकाका एयरपोर्टहरूमा समेत नियमित विमान सञ्चालन र ठुला विमान समेत उडान हुनु पर्नेमा प्रस्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्