बिजुलीको हाइटेन्सन तारमा छुँदा टिपरमा आगलागी, चालक गम्भीर घाइते
रौतहट- रौतहटमा आज एक टिपरमा आगजनी भएको छ । जिल्लाको वृन्दावन नगरपालिका -४ स्थित एक क्रसर उद्योगको टिपरमा ११ हजार भोल्टको हाइटेन्सन तारमा टाँसिएर आगजनी भएको हो ।
हाइड्रोलिक प्रेसर माथि उठाउँदा विद्युतको ११ हजार भोल्टको तारमा उक्त हाइड्रोलिक टाँसिएर टिपरमा करेन्ट प्रवाह हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । टिपरमा आगलागी हुँदा टिपर चालक गम्भीर घाइते भएका छन् ।
आज बिहान वृन्दावन नगरपालिकाको गढिमाइ क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपरले ग्राभेल झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा हाइड्रोलिक टाँसिएर टिपरमा आगजनी हुँदा टिपर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीमा परेर टिपर चालक ४३ वर्षीय जयप्रकाश सहनी गम्भीर घाइते भएका छन् ।
विद्युतको करेन्ट टिपरमा प्रवाह भएर टिपरमा आगलागी हुँदा टिपरमा बसेका चालक सहनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गम्भीर घाइते भएका चालक सहनीको गरुडास्थित एक निजी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विरगंजतर्फ पठाइएको रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भरहेको एसपी घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्