चितवनमा मात्र हालसम्म ३८ प्रजातिका चरा भेटिए

चितवन- जल अर्थात पानीमा आश्रित चराकाे गणना चितवनमा सुरु भएकाे छ ।

प्रत्येक बर्षकाे जनवरी ४ देखि शुरु हुने चरा गणना यसपटक भने जनवरी ६ देखि मात्र सुरु भएकाे हाेयाे समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।

जलपक्षी गणना चितवनकाे पटिहानी २२ घडगाईदेखि गाेलाघाटसम्म, माडीकाे बगई पुलदेखि रिउ दोभानसम्म ३६ किलोमिटरको क्षेत्रमा गरिएको पश्चिम चितवन क्षेत्र चरा गणनाका संयाेजक मनेश कुमार लिम्बुले जानकारी दिनुभएको छ।

जल आश्रित चरा गणना चितवनकाे नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उहाँले भनाइ थियो । 

चरा गणनाले पानी गुणस्तर मापनका साथै खाेला कति प्रदूषित छ भन्ने पनि जनाउने लिम्बुले बताउनुभयो ।

राप्ती र नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरू खटिएका छन। 

पानी चरा उत्तरी क्षेत्र साइबेरिया, रसिया, तिब्बत, मंगाेलिया लगाएतकाे देशहरूबाट आउने गरेका छन् ।

गत बर्षकाे गणनामा ४७ प्रजातिकाे पानी चरा भेटिएकाे थियो भने यो पटक हालसम्म ३८ प्रजातिका मात्र फेला परेको संयोजक लिम्बुले बताउनु भयो ।

चरा गणना जनवरी १९ सम्म चल्ने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.