अमेरिकाको लस लस एन्जलसमा डढेलो अपडेटः दश जनाको मृत्यु

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा लागेको वन डढेलो विगत केही दिनदेखि नियन्त्रण बाहिर छ ।

अझै पनि तीब्र गतिको हावा हुरी चलेसँगै डढेलो फैलिरहेको अवस्था छ । डढेलोमा परी हालसम्म १० जनाको मृत्यु भइसकेको छ । १० हजारभन्दा बढी घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

डढेलो नियन्त्रणका लागि पानीको अभाव भएको भन्ने विषयमा बाहिरिएको छ । पानीको अभावका विषयमा क्यालिफोर्नियाका गभर्नर गोभिन न्युजमले स्वतन्त्र छानविन आव्हान गर्नुभएको छ । आगलागीबाट प्रभावित क्षेत्रमा लुटपाट मच्चिएपछि रातको समयमा कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्युको आदेश प्यासिफिक पालिसेड्स र ईटनका डढेलोले प्रभावित क्षेत्रहरूमा लागू गरिएको छ । प्रहरी विपद्को समयमा लुटपाटमा संलग्न जो कोहीलाई पक्राउ गर्ने आदेश दिएको छ ।

राष्ट्रपति जो बाइडनले डढेलो प्रभावित क्षेत्रलाई युद्धको दृश्यका रुपमा व्याख्या गर्दै मृतकको संख्या बढ्न सक्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.