काभ्रेका ब्यवसायीलाई चाकु बनाउन भ्याईनभ्याई

काभ्रे- काभ्रेको पाँचखाल नगरपालिका-४ लामीडाँडाका चाकु ब्यापारिलाई हिजो आज चाकु बनाउन भ्याई नभ्याई भएको छ ।

माघे संक्रान्ति नजिकिंदै गर्दा बजारमा यसको माग बढी हुने भएकोले चाकु ब्यवसायि निकै ब्यस्त छन् । विगत १४-१५ बर्ष अगाडीदेखि सो ब्यवसाय गर्दै आएको बताउने पाँचखाल नगरपालिका–४ लामीडाँडाका चाकु ब्यवसायि राजकुमार श्रेष्ठले दैनिक एक सय किलोदेखि एक सय पचास किलोसम्म चाकु विक्री भईरहेको र चाकु बनाउनलाई दिनको ५० किलोको २-३ बोरासम्म सख्खर खपत हुने बताउनुभयो ।

पुसको पहिलोसातादेखि माघ महिनासम्म विक्री हुने गरेको चाकुको लागि आवश्यक पर्ने कच्च पदार्थ (सख्खर) तराईबाट ल्याउने गरेको र एक पटकमा ५०-६० बोरासम्म ल्याउने गरेको उहाँले पुस र मागमा विक्री हुने गरेको ब्यसायिहरुको भनाई छ ।

यहाँ तयार पारिएको चाकु काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठडमौंका विभिन्न बजारमा विक्री हुने गरेको छ । चाकु बनाउने काम ब्यवसायिक रुपमा जिल्लाको लामीडाँडामा मात्रै रहेको छ ।

पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसहरु चाकु खाने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.