मकवानपुरको उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रानाभाट निर्वाचित
मकवानपुर- औद्योगिक नगरी मकवानपुरको उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नजिता अनुसार १०१४ मत प्राप्त गर्दै रानाभाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत मात्र प्राप्त गर्नुभयो ।
त्यसै गरी महासचिवमा रानाभाट प्यानलकी प्रतिमा श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिमाले १०१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अग्रवाल प्यानलका तेजराज अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसै गरी उद्योग तर्फको उपाध्यक्षमा दीपक उप्रेती निर्वाचित हुनुभएको छ । उद्योग तर्फको सदस्यहरूमा क्रमशः कृष्ण गोपाल महर्जन , जगदीश दाहाल ,भूपेन्द्र प्रसाद अधिकारी र महिला सदस्यमा सीतादेवी भेटवाल विजयी हुनुभएको छ।
यसैगरि वाणिज्यतर्फको उपाघ्यक्षमा राजु अधिकारी ५९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राम प्रसाद न्यौपानेले ४८४ मत प्राप्त गर्नुभयो । वाणिज्य तर्फको सचिवमा कुल प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ।
वाणिज्य तर्फको सदस्यमा बाल कृष्ण बजगाईँ ,सन्तोष घिमिरे , विष्णु प्रसाद दाहाल , राजेन्द्र लामिछाने निर्वाचित हुनुभएको छ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचितहुनुभएको छ। उहाँले १५ मत ल्याउँदा अर्का उम्मेदवार प्रदीप अर्यालले ११ मत ल्याउनुभयो । वस्तुगत तर्फ १२ मत प्राप्त गरी शम्भु पुडासैनी सदस्यमा निर्वाचित हुनुभएको छ ।
त्यसै गरी एशोसियट उपाध्यक्षमा उज्ज्वल चौलागाईँ निर्वाचित हुनुभएको छ । उहाँले ४८ मत ल्याउँदा अर्का उम्मेदवार विष्णु खनालले ३३ मत प्राप्त गर्नुभयो । त्यसै गरी एशोसियट सदस्यमा ६४ मत सहित नवराज खतिवडा र ५४ मत सहित अंकिता सुमार्गी निर्वाचित हुनु भएको छ ।
२ हजार ४५ मतदाता रहेकोमा १८१६ मात्र मत खसेको थियो । निर्वाचनमा वाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत २६ गरी कुल खसेको मत १८१६ मत खसेको थियो।
प्रतिक्रिया राख्नुहोस्