स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेको थुनछेक बहस आज

काठमाडौँ –  काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रा.लिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको थुनछेक बहस आज हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई हिजो भने न्यायिक हिरासतमा पठाएको थियो ।

कास्कीबाट हिरासतमुक्त भएको तेस्रो दिन आइतबार उपस्थित भएका उहाँलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो ।

लामिछानेको बयान सकिए पनि हिजो थुनछेक बहस हुन नसक्दा अदालतले हिरासतमा पठाउने निर्णय गरेको हो । आज बहस भएपछि उनलाई धरौटीमा छाड्ने, साधारण तारिखमा छाड्ने वा कारागार चलान गर्ने भन्ने निर्णय हुने छ ।

स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड सङ्गठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेलगायत ३९ विरुद्ध काठमाडौँमा गत पुस २१ मा मुद्दा दायर भएको थियो ।

उहाँको बयान हिजो सकिएको छ । अब मुद्दामा आजदेखि नियमित सुनुवाइ हुनेछ । अदालतको आदेशअनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.