नागरिक सरोकारका विषयमा पिएसबी पूर्वारम्भका कार्यक्रमहरु भोलिदेखि

काठमाडौँ- नेपाल टेलिभिजन र रेडियो नेपाल एकिकृत भई सार्वजनिक सेवा प्रसारणमा परिणत भएसँगै भोलिदेखि माघ ३ गतेसम्म पिएसबी पूर्वारम्भ (PSB Pre Launching) कार्यक्रमहरु हुँदैछन ।

सञ्चार तथा सूचना मन्त्रीले उद्घाटन गरेसँगै भोलि  विश्व मानचित्रमा सार्वजनिक सेवा प्रसारण (PSB)  का अन्तर्राष्ट्रिय अभ्यासमाथि बसह (Panel Discussion) हुनेछ । जसमा ABU, AIBD, BBC र ABC लगायत संस्थाका प्रतिनिधिहरुले आफ्नो अनुभव साँट्नेछन । यसले नेपालको सार्वजनिक सेवा प्रसारणको यात्रामा स्पष्ट खाका कोर्ने विश्वास पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टको छ ।

भोलि नै दोश्रो सेसनमा लोकतन्त्रको सुदृढीकरण र राष्ट्र निर्माणको विषयमा पनि छलफल (Panel Discussion) हुने र  यसले जनता र राज्यबीचको पुलका रूपमा सार्वजनिक सेवा प्रसारणको भूमिकामा दलहरुसँगको
सहकार्यको ढोका फराकिलो पार्ने अध्यक्ष डा विष्टको भनाइ छ ।

नेपाल टेलिभिजन, रेडियो नेपाल र यी दुबै निकायका डिजिटल प्लेटफर्ममार्फत उद्घाटन सत्रदेखि सबै बहस र छलफलको प्रत्यक्ष प्रसारण गरिने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.