सकिएन थुनछेक बहस: रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
भाोलि सार्वजनिक विदा परेकाले लामिछानेलाई पर्सिमात्र अदालत उपस्थित गराइने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि न्यायिक हिरासतमा राखिने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी कसुरमा जिल्ला अदालत काठमाडौँमा हिजोदेखि जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेलाई अदालतले आजपनि न्यायिक हिरासतमा पठाउने आदेश गरिएको हो ।
भोलि सार्वजनिक विदा परेकोले लामिछाने पर्सिसम्म हिरासतमै रहनु पर्ने भएको छ । अब पर्सि अर्थात बुधबार मात्रै थुनछेकको बाँकी बहस हुने अदालतले जनाएको छ ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा हुनुभएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर हुनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्