एकैपटक १३ सचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौँ- सरकारले १३ जना सचिवहरुको सरुवा गरेको छ।

गत पुस २६ गते  बसेको मन्त्रिपरिषद् बैठकले  संघीय मामिला तथा समान्य प्रशासन, महिला बाललिका तथा ज्यष्ठ नागरिक र श्रम रोजगार तथा सामाजिक सुरक्षा  लगायत विभिन्न मन्त्रालय र संवैधानिक निकायका १३ जना सचिवहरुको सरुवा गरेको हो ।

सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब एक अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, १०८१ र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बसेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

बैठक विभिन्न  २६ वटा निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.