समृद्ध राष्ट्र र लोकतन्त्रको सवलीकरणमा सार्वजनिक सेवा प्रसारण

पिएसबीको पूर्वारम्भ माघ १ गतेदेखि

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले समृद्ध राष्ट्र र लोकतन्त्रको सवलीकरणमा कसरी योगदान पुर्‍याउन सकिन्छ भनेर भोलि राजनीतिक बहसको आयोजना गर्दैछ ।

३ दिनसम्म संचालन हुने पिएसबी नेपालको प्रि-लन्चिङ कार्यक्रमको पहिलो दिन भोलि माघ १ गते हुने राजनीतिक वहसमा संविधानप्रदत्त जनताको मौलिक हक र अधिकारलाई थप सुरक्षित र सुदृढ बनाउन दलहरुको भूमिकाको खोजी गरिनेछ ।

सार्वजनिक सेवा प्रसारण ऐनले लिएका उद्देश्यहरुको प्राप्ती र नागरिकप्रति जवाफदेहीता निर्वाह गर्न दलहरुको स्पष्ट धारणा खोतल्ने प्रयास कार्यक्रममा हुनेछ ।

भोलिको राजनीतिक वहस सम्बन्धि Panel Discussion बाट लोकतन्त्रको प्रवर्द्धन र लोकतन्त्रका प्रतिफलहरुको समूचित वितरणमा सार्वजनिक सेवा प्रसारणको भूमिका स्पष्ट पार्न मद्दत पुग्ने पिएसबी नेपालका अध्यक्ष डा महेन्द्र विष्टले विश्वास व्यक्त गर्नुभएको छ ।

पिएसबीमार्फत सार्वजनिक सेवाको प्रभावकारितको अभिवृद्द्धिमा सहयोग र दलहरुबाट सुशासनका लागि थप प्रतिवद्धता आउने अपेक्षा राखिएको छ ।

यसका साथै जनता र राज्यबीचको पुलका रूपमा पिएसबीले भूमिका निर्वाह गर्ने हुँदा दलहरुसँगको सहकार्यको समेत ढोका फराकिलो हुने अध्यक्ष डा विष्टले बताउनुभयो ।

भोलिदेखि शुरु हुने पूर्वारम्भ (Pre Launching) कार्यक्रमको नेपाल टेलिभिजनका च्यानलहरु, रेडियो नेपाल र नेपालटिभीअनलाइनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

पूर्वारम्भ कार्यक्रमको समापन यही माघ ३ गते हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.