माघे संक्रान्ती मेला: रूरू क्षेत्र र ऋषिकेश मन्दिरमा भक्तजनको घुइँचो
पाल्पा- आज माघे संक्रान्ती, माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको बिहानैदेखि घुइचो लागेको छ ।
कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लासंगै छिमेकी मुलुक भारतबाट पनि भक्तजनको बाक्लो उपस्थिती रहेको छ ।
आजका दिन कालीगण्डकी स्नान गरेमा पृती मोक्ष्य, मानोकाक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋष्किेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् ।
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ ।
रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउद्यान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्