पिएसबीको मर्म अनुसार नीति निर्माणमा मन्त्रालयको साथ सहयोग रहन्छ : सचिव अर्याल

काठमाडौँ- संचार तथा सूचना प्रबिधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल मुलुकको आफ्नै विशेषतामा आधारित भएको बताउनुभएको छ ।

पिएसबी नेपालको पूर्वारम्भ समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै सचिव अर्यालले पिएसबी ऐनले व्यबस्था गरे अनुसार चाँडै नै श्रोता तथा दर्शक परिषद गठन गरिने जानकारी दिनुभयो ।

सचिव अर्यालले  पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम, विनियमम क्रमश: तयार गर्ने विषयमा मन्त्रालयले लागि परेको उल्लेख गर्नुभयो ।

उहाँले संस्थाको दिगोपनमा बिषेश ध्यान दिन आग्रह पनि गर्नुभयो ।

आजदेखि सुरु भएको पिएसबी पूर्वारम्भ कार्यक्रम पर्सि माघ ३ गतेसम्म चल्नेछ ।

विभिन्न जनसरोकारका विषयमा पिएसबीले खेल्नुपर्ने भूमिकाको बारेमा विषयविज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरु एवं विदेशी संचार माध्यमका विज्ञहरुसँग घनिभूत छलफल गरिने कार्यक्रम यस बीचमा रहेको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.