पिएसबी: समृद्ध राष्ट्र निर्माण र विपद्मा सारथी- अध्यक्ष डा. विष्ट
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण पिएसबी नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपद्को सारथी र समृद्ध राष्ट्र निर्माणको सम्वाहकको रुपमा रहने बताउनु भएको छ ।
पिएसबीको पूर्वारम्भ समारोहमा स्वागत मन्तब्य राख्दै अध्यक्ष विष्टले पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माण, विपद्को सारथीका साथै समृद्धिको आयम रहने बताउनु भएको हो ।
उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनले मुलुकको समृद्धि, कला संस्कृतिको प्रबर्द्धनमा महत्वापुर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो ।
पिएसबीले रिडियो र टिभीलाई नयाँ स्वरुपमा परिवर्तन गर्दै दुबै संस्थाको अस्तित्वलाई थप बलियो बनाउने पनि अध्यक्ष डा विष्टको भनाइ थियो ।
उहाँले पिएसबीको अन्तर्राष्ट्रिय अभ्यासलाई सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आजदेख शुरु भएको पिएसबी पूर्वारम्भ कार्यक्रम पर्सि माघ ३ गतेसम्म चल्नेछ ।
आजैदेखि बिभिन्न विधाहरुमा विषयविज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग Panel Discussion सुरु भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्