पिएसबीले सूचनाको असमानता हटाउने छ: उपाध्यक्ष अधिकारी
काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले नागरिकमा देखिएको सूचनाको असमानतालाई हटाउन र विश्वसनीय सूचनाको पहुँच नागरिक माझ पुर्याउन सहयोग पुग्ने विश्वास लिनु भएको छ ।
पिएसबीको पूर्वारम्भ समारोहमा शुभकामना दिनुहुँदै उपाध्यक्ष डा अधिकारीले विश्वसनीय सुचनाले लोकतन्त्र र मुलुकलाई बलियो बनाउने भएकोले पिएसबीले त्यो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहााले विश्वसनीय सुचनाले मात्र समाजको चेतना अभिबृद्धी गर्ने भएकोले पिएसबीले सन्तुलित र निष्पक्ष सूचना प्रवाह गर्ने विश्वास व्यक्त्त गर्नुभयो ।
सूचना समाजको सशक्तिकरणको साधन भएको भन्दै उपाध्यक्ष डा अधिकारीले नेपाललको १६ औँ योजनाले सूचना प्रणालीलाई महत्व दिएको उल्लेख गर्नुभयो ।
पिएसबी नेपालको प्रि-लञ्चिङ कार्यक्रम आजदेखि शुरु भएको छ भने पर्सि माघ ३ गते समापन हुनेछ ।।
प्रतिक्रिया राख्नुहोस्