पिएसबी नेपाल समावेशिताको ऐना बन्नु पर्छ: सञ्चारमन्त्री गुरुङ्ग

काठमाडौँ- संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनु भएको छ ।

पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई  सम्बोधन गर्दै संञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ्गले पिएसबीमा सबै बर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नु पर्ने बताउनु भएको हो ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

उहाँले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पिएसबीले सहभागितामुलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले पिएसबीले बिबिधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले अरु मिडियाले झै नाफा कमाउने नभैइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्दृत हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले मुलुकको दुरदराजका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । उहाँले पिएसबीले सुशासनका लागि राज्य र सरकारलाई झकझक्याउनुपर्ने बताउनुभयो ।

आजदेखि शुरु भएको पिएसबी प्रि-लञ्चिङ कार्यक्रम पर्सि ३ गते माघसम्म चल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.