सार्वजनिक सेवा प्रसारण राज्यप्रति जिम्मेवार र जनताप्रति जवाफदेही बन्नुपर्छ : महेश बर्तौला
काठमाडौँ- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सार्वजनिक सेवा प्रसारण जनताको संस्थाको रुपमा स्थापित हुनु पर्ने बताउनु भएको छ ।
पिएसबी नेपालको प्रि-लन्चिङ कार्यक्रम अन्तर्गत आज नेपाल टेलिभिजनमा भएको राजनीतिक वहसमा एमाले नेता बर्तौलाले पिएसबी राज्यप्रति जिम्मेवार हुने र नागरिकप्रति जवाफदेही बन्नु पर्ने बताउनु भएको हो ।
नेपाल सार्वजनिक सेवा प्रसारण पनि सार्वजनिक सेवा प्रसारणका अन्तराष्ट्रिय मुल्य मान्यता अनुसार चल्नु पर्नेमा जोड दिनुभयो ।
नेता बर्तौलाले हाम्रो देश बहुलतामा आधारित रहेको भन्दै पिएसबी सबैको उपस्थितिलाई सुनिश्चित गर्दै दूरदराजको आवाज बन्ने विश्वास व्यक्त गर्नु भयो ।।
प्रतिक्रिया राख्नुहोस्