पिएसबी संचालनको आर्थिक दायित्व राज्यले लिनुपर्छ: काँग्रेस नेतृ पन्त

समावेशिता,विविधता र जलवायु परिवर्तन पिएसबीका मुल विषय

काठमाडौँ- नेपाली काँग्रेसकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य कमला देवी पन्तले सार्वजनिक सेवा प्रसारण सं‌स्था संचालनको आर्थिक सुनिश्चता राज्यले गर्नुपर्ने बताउनु भएको छ ।

पिएसबी नेपालको प्रि-लन्चिङ कार्यक्रम अन्तर्गत आज भएको राजनीतिक वहसमा काँग्रेस नेतृ पन्तले सार्वजनिक सेवा प्रसारण संस्थालाई आर्थिक आय आर्जन एवम् व्यवासायी संस्थाको रुपमा नभई सूचना सम्प्रेषणको जिम्मेवारीमा मात्र सिमित गर्नुपर्ने बताउनु भएको हो ।

संस्थालाई व्यवसाय र सार्वजनिक सेवाको दोहोरो जिम्मेवारीमा राख्दा परिणाम राम्रो नआउने भन्दै उहाँले पिएसबीलाई  आर्थिक तनावबाट मुक्त राख्नुपर्छ भन्नुभयो ।

सार्वजनिक सेवा प्रसारणले लोकतन्त्रमाथि उठ्ने आवाजहरुलाई चिर्न सक्नु पर्ने उहाँको धारणा थियो ।

नेतृ पन्तले पिएसबीले संविधानको पूर्ण कार्यान्वयन,समावेशिता,विविधताको संवोधन र जलवायु परिवर्तनका मुद्दाहरुलाई  प्रसारणका मुख्य विषयवस्तु बनाउनुपर्छ भन्नुभयो ।

नागरिकलाई सहि सूचना प्राप्त गर्ने हक स्थापित गराउन सार्वजनिक सेवा प्रसारणको कार्यान्वनयन  र यसको जवाफदेहिता सरकार भन्दा पनि नागरिक प्रति हुनुपर्ने नेतृ पन्तको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.