सरावलमा युवाहरुको थारु संस्कृति र परम्परागत समाग्री जर्गेनाको प्रयास
पश्चिम नवलपरासी- थारू संस्कृति भेषभूषा, रीतिरिवाज र परम्परागत समाग्री हराउँदै गईरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा जुटेका छन् ।
परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि केही वर्षयता नवलपरासी पश्चिमका थारू समुदायका युवा पुस्ताले मेला महोत्सवमार्फत संरक्षणको प्रयास गरेका छन् ।
माघे संक्रान्ती माघिको अवसरमा सरावलमा तीन दिनसम्म चल्ने खिचडी महोत्सवमा थारु समुदायका परम्परगत समाग्री प्रर्दशन गरिएको छ । महोत्सवमा नयाँ पुस्तालाई थारु समुदायका ईतिहासका विषयमा जानकारी गराउन विभिन्न भेषभुषा र परम्परागत सामाग्रीको प्रर्दशनी गरिएको आयोजक श्रीराम युवा प्रतिस्ष्ठानका अध्यक्ष चक्रमणी चौधरीले जानकारी दिनुभयो ।
माघिमा थारु भेषभुषामा सजिएका सांस्कृतिक प्रस्तुती र विभिन्न सामाग्री राखिएका थारु समुदायका परम्परागत घरमा दर्शक लोभिएका छन् ।
मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हुँदा थारू समुदायको कला, संस्कृति र मौलिक लोकनाच संरक्षण भएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताउनुभयो ।
स्थानिय युवाहरुको सक्रियतामा सरावलमा विगत १९ वर्ष देखि खिचडी महोत्सव हुँदै आएको छ । महोत्सव आयोजना स्थललाई थारु सांसकृतिक पार्कको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा स्थानिय तह र संघिय सरकारले बजेट विनियोजन गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्