सार्वजनिक सेवा प्रसारणसँग स्वास्थ्य मन्त्रालयको सहकार्य हुन्छ: प्रदीप पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक सेवा प्रसारणले राज्यले प्रवाह गर्ने स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न  भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रि-लञ्चिङको दोस्रो दिन आज “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा बोल्नु हुँदै स्वास्थ्य मन्त्री पौडेलले संविधानले ब्यवस्था गरेको स्वास्थ्य सम्बन्धी  मौलिक हकको कार्यान्वयनमा राज्यले प्रवाह गर्ने सेवा र नीतिगत प्रबन्ध सम्बन्धी सूचनाहरूलाई नागरिक माझ पुर्‍याउन पिएसबीसँग मन्त्रालयले सहकार्य गर्ने बताउनु भयो ।

”नागरिकका स्वास्थ्य सेवा अधिकारका रक्षाका लागि राज्यले धेरै नीतिगत प्रबन्ध गरेका छौँ । कुन अस्पतालमा के सेवा सुविधा छ ? कहाँ, के सेवा, कसलाई नि: शुल्क  गरिएको छ । राज्यले गरेका यी ब्यवस्थाहरुको सूचना सार्वजनिक सेवा प्रसारणमार्फत नागरिक माझ पुर्‍याउन आवश्यक छ, त्यसमा पिएसबीसँग सहकार्य हुन्छ” मन्त्री पौडेलले भन्नुभयो ।

नागरिकको स्वास्थ्य र शिक्षाको सवालमा पिएसबीले कसरी भूमिका निर्वाह गर्न सक्छ र अबको दिनमा पिएसबीसँग यस्ता जनतासँग प्रत्यक्ष सरोकारका विषयमा कसरी सहकार्य हुन सक्ला भन्ने सन्दर्भमा आजको कार्यक्रम राखिएको थियो ।

हिजोदेखि पिएसबीको पूर्वारम्भ शुरु भएर भोलिसम्म जारी रहने छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.