शिक्षा र स्वास्थ्य सार्वजनिक सेवा प्रसारणका मुख्य प्राथमिकता: अध्यक्ष डा. विष्ट

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले शिक्षा र स्वास्थ्य क्षेत्रका विषयबस्तु सार्वजनिक सेवा प्रसारणको मुख्य प्राथमकितामा रहने बताउनु भएको छ ।

पिएसबीको पूर्वारम्भ अर्थात पिएसबी प्रिलञ्चिङको दोस्रो दिन आज  “समृद्धिको आधार,सबल साझेदार” विषयमा भएको संवादमा पिएसबी नेपालका अध्यक्ष डा विष्टले सार्वजनिक सेवाका हरेक विषयहरु प्रसारणमा विषयबस्तु रहने भएपनि शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकतामा पर्ने बताउनु भएको हो ।

मिडियाको मूल ध्येय सूचना र शिक्षा  दिने भन्नुहुँदै अध्यक्ष डा विष्टले अहिले स्वास्थ्य र शिक्षा महँगो भएको र कतिपय नागरिक केन्द्रित सरोकारका विषयहरु लागु गरेर पनि प्रभावकारी हुन नसकेको तथा प्रतिवद्धताहरु राज्य कै भएपनि पूरा हुन नसकेको विषय अबको पिएसबीको मुल विषय बन्ने प्रष्ट पार्नुभयो ।

संविधानमा समाजवाद उन्मुख समाजको व्यवस्था गरिएपनि शिक्षा र स्वास्थ्यका लागि नागरिक नै दुई वटा वर्गहरुमा बाँडिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा विष्टले यी बिषयमा कसरी साझेदारी गर्ने भन्ने चासो सार्वजनिक सेवा प्रसारणको प्राथमिकतामा भएको उल्लेख गर्नुभयो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत भोलिसम्म विभिन्न विषयहरुमा Panel Discussion हुने छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.