काँग्रेस नेता शेखर कोइराला र मार्टिनबीच भेटवार्ता
काठमाडौँ- बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग भेटवार्ता गर्नु भएको छ ।
बेलायत भ्रमणमा रहनुभएका काँग्रेस नेता कोइरालाले मंगलबार ईयान मार्टिनसँग लण्डनमा भेटघाट गर्नुभएको हो ।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिनुभयो । कोइरालासँगको भेटमा उहाँले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताउँनुभयो।
तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उहाँको जोड थियो ।
प्रतिक्रिया राख्नुहोस्