रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं -जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।
आज भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी लिएर तारिखमा राख्न आदेश गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्