पिएसबी: आर्थिक सुनिश्चितता र प्रविधि रुपान्तरणका विषयमा आज छलफल हुँदै

पिएसबी पूर्वारम्भको आज अन्तिम दिन

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज तेश्रो तथा अन्तिम दिन दुई वटा फरक विषयमा विज्ञहरुसँग वहस (Panel Discussion) हुँदैछ ।

पहिलो सेसन विहान ११ बजे प्रविधि रुपान्तरण र नियमन विषयमा प्रविधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा आइटी विज्ञहरुसँग छलफल हुनेछ

यसैगरी दोश्रो तथा अन्तिम सेसन दिउँसो १ बजे सार्वजनिक सेवा प्रसारणमा आर्थिक सुनिश्चितताको विषयमा अन्तराष्ट्रिय अभ्यासका बारेमा जानकारी लिने उदेश्यले एनएचकेका पूर्व निर्देशकसँग छलफल हुनेछ ।

यी सेसनहरुको नेपाल टेलिभिजनका च्यानलहरु तथा रेडियो नेपाल र नेपालटिभीअनलाइनबाट प्रत्यक्ष प्रसारण हुनेछ  ।

सार्वजनिक सेवा प्रसारणको प्रारम्भिक चरणमा यसका मूलभूत विषयवस्तु र संचालनका आधारहरुका बारेमा विभिन्न १० वटा विषयविधामा छलफल भएका छन ।

पिएसबीको पूर्वारम्भ कार्यक्रमको समापन आज रेडियो नेपालमा हुँदैछ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.