पिएसबीमा प्रविधि रूपान्तरण र आर्थिक सुनिश्चितता: चुनौति र अवसर

काठमाडौँ- प्रविधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा आइटी विज्ञले नविनतम प्रयोगको उपयोग गरी आफूसँग भएका कार्यक्रमहरुलाई डिजिटाइज्ड गर्न सके सार्वजनिक सेवा प्रसारण (पिएसबी) ले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ ।

पिएसबीको पूर्वारम्भ (Pre Launcing) कार्यक्रम अन्तर्गत आज आयोजित सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता र प्रविधि रुपान्तरणका विषयमा आयोजित  छलफलमा सहभागी विज्ञहरूले नविनतम प्रविधिको प्रयोग गरी दर्शक र श्रोताका मन छुने कार्यक्रम उत्पादन गर्न सुझाव पनि दिनु भयो ।

सार्वजनिक सेवा प्रसारण सेवाको प्रसारण सामग्रीमा विविधता ल्याउन ईन्टरनेट प्रशारण प्रविधिसमेत अबलम्बन गर्न विज्ञहरूको सुझाव थियो ।

कार्यक्रममा संञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव एवं पिएसबी नेपालका संचालक समिति सदस्य गौरव गिरीले संचार मन्त्रालय अहिले  पिएसवीको कानून तर्जुमाको चरणमा रहेको जानकारी दिनुभयो।

यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले सामूहिक ढंगबाट अघि बढ्न सके  सार्वजनिक सेवा प्रसारणले सबै प्लाटफर्ममा आफ्नो उपस्थिति जनाउन सक्ने र आर्थिकरुपमा पनि सबल बन्न सक्ने बताउनु भयो।

यसैगरी, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले  सार्वजनिक सेवा प्रसारण विस्तारका लागि पूर्वाधारहरु सामूहिक रुपमा प्रयोग गर्न  नेपाल टेलिकम तयार रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल दूरसञ्चार प्रधिकरणका उप निर्देशक डा .प्रदीप पौडेलले प्रविधि र विषय बस्तु दुबैमा रुपान्तरण गर्न सके पिएसबीको भविष्य उज्वल रहेको दावी गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले प्रविधिको प्रयोगका हिसाबले  सार्वजनिक सेवा प्रसारण नेपाल दक्षिण एशियामा नै अब्बल रहेको तथ्याङ्क पेश गर्नुभयो ।

यसैगरी, मल्टिमिडिया विज्ञ करुण थापाले उपभोक्ताको आवश्यकता र चाहाना अनुरुपमा कार्यक्रमहरु निर्माण गर्न पिएसबी नेपालको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत विभिन्न १० वटा विषयबस्तुमा बृहत छलफल भएको थियो ।

विभिन्न क्षेत्रमा विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरुले सार्वजनिक सेवा प्रसारणको विषयबस्तु र  प्रविधिसँगैं आर्थिक रुपान्तरणको विषयमा विभिन्न राय र सुझाव दिनुभएको थियो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम आज समापन हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.