पिएसबी कार्यान्वयनसँगै नेपाल प्रसारणको नयाँ युगमा प्रवेश: संचारमन्त्री गुरुङ्ग

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सार्वजनिक सेवा प्रसारण कार्यान्वयनमा गएसँगै नेपाल प्रसारणको नयाँ युगमा प्रवेश गरेका बताउनु भएको छ ।

नेपाल टेलिभिजनमा  तीन दिन सम्म चलेको पिएसबीको पूर्वारम्भ – पिएसबी प्रिलन्चिङ्ग कार्यक्रमको आज रेडियो नेपालमा आयोजना गरिएको समापन समारोहमा बोल्दै मन्त्री गुरुङ्गले पिएसबीले आम जनतालाई मेरो र हाम्रो संस्था हो भन्ने अनुभुति गराउन सक्नुपर्ने बताउनुभयो ।

मुलुकको शुसासन प्रर्वद्धनमा सार्वजनिक सेवा प्रसारण भूमिका रहने भन्दै पिएसबीले सरकारका कमी कमजोरीहरु बाहिर ल्याउँनुपर्ने बताउनु भयो ।

पिएसबीको स्वायत्तताको चिन्ता लिनु नपर्ने भन्दै मन्त्री गुरुङ्गले सार्वजनिक सेवा प्रसारण मुलुकको आवश्यक्त र जनताको चाहाना अनुसारअघि बढनु पर्ने जोड दिनुभयो ।

यस्तै मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण  नयाँ अवधारणा रहेको भन्दै यसमा अवसर र चुनौतिहरु दुवै रहेको भन्दै यसलाई समाधान गर्दै अघि बढन मन्त्रालयको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

सचिव अर्यालले सार्वजनिक सेवा प्रसारणलाई सर्वमान्य सिद्धान्त अनुसार संचालन गर्नुपर्ने भन्दै नियम, विनियम बनाउन र संस्थागत संरचनाको पूर्णतामा मन्त्रालयले ध्यान दिने बताउनु भयो ।

कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले जनताको पक्षमा काम गरी विश्वसनीय प्रसारणको रुपमा स्थापित हुन सके मात्र पिएसबी स्थापनाले सार्थकता पाउने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता अधिकारीले नागरिकको चेतना अभिवृद्धि गरी मुलुकको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा रेडियो नेपाल र नेपाल टेलिभिजनको विगतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै दुई संस्था एकिकृत भएर बनेको पिएसबीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सके लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले पिएसबीले आफ्नो प्रसारणलाई मौलिक, विश्वसनीय र निष्पक्ष बनाई आम जनताका सवालहरूलाई थप महत्वका साथ उठाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पिएसबीका निमिक्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौंपानेले  प्रिलन्चिङ कार्यक्रममा पिएसबीले नयाँ पनको खोजी गरिरहेको यसलाई देश भित्र र बाहिरबाट निकै चासोका साथ हेरिएको बताउनु भयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पिएसबीले राज्य र नागरिक बीचको पुलको रुपमा काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.