होटेललाई उद्योगको मान्यता स्वागतयोग्य : होटेल सङ्घ नेपाल
काठमाडौँ – काठमाडौँमा २०८१ माघ २ मा सम्पन्न होटेल सङ्घ नेपालको ४९औँ वार्षिक साधारण सभाले नेपाल सरकारले जारी गरेको ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटेल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेकोमा स्वागत गरेको छ ।
दसकौँ अघिदेखि होटेललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि सङ्घले गरेको अथक प्रयास र पहल सम्बोधन भएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसै गरी सङ्घको ४९औँ वार्षिक साधारण सभाले होटेल सङ्घ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र सतहत्तरै जिल्लामा सङ्घको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि सङ्घीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ । सोही अवसरमा होटेल सङ्घ नेपालले सत्कार दिवस २०२५ को पनि आयोजना गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्