नारायणगढ बुटवल सडक खण्ड विस्तारको काममा तिव्रता
पश्चिम नवलपरासी- पटक पटकको ताकेतापछि नारायणगढ बुटवल सडक खण्डको विस्तारको कामले गति लिएको छ। ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेशनले केहि दिनदेखि कामलाईतिव्रता दिएको आयोजनाले जनाएको छ।
पश्चिम खण्ड अन्तर्गत नवलपरासीका विभिन्न स्थानमा सडक कालोपत्र गर्नवेश बनाउने काम भईरहेको छ। बजार क्षेत्रमा धुलोको समस्या धेरै भएकाले सो कुरालाई मध्यनजर गर्दे सुनवल, भुमही र रुपनदेहिका विभिन्न यदिेत्रमा कालोपत्रको तयारी भईरहेको छ तर मौसममा खराबी भएका कारण कालोपत्रको काम भने सुरु हुनसकेको छैन्।
म्याद थपिएको चार महिनापछि बल्ल सडकमा उत्रिएको ठेकेदारले कामलाई गति दिने संकेत नदेखाएपछि ठेक्का तोड्ने चेतावनी दिईएकेो थियो। तरगत हप्ता देखि कामको गति बढेको बढेकाले लक्ष्य अनुरुप काम पुरा गर्न थप कामदार परिचालन गर्नुपर्नेमा आयोजनाका पश्चिम खण्डकाक जना प्रमुख शशांक मिश्रले जोड दिनुभयो।
काममा ढिलाई भएपछि ठेकेदार कम्पनीलाई दुई वटा सयमसिमा सहितको अन्तिम चेतावनी यस अघिनै दिईएके थियो। परामर्शदाता कम्पनीले चाईना स्टेटलाईमंसिर २५ गतेसम्म सडकको एकातर्फ७० प्रतिशत कालोपत्र भएको हुनुपर्ने र दास्रोमा मार्च मसान्त अर्थातचैत्र १७ गते भित्र नारायणगढ देखि बुटवल सम्म १ सय १६ किलोमिटर सडकको एकातर्फ सबै कालोपत्र भएको हुनुपर्नेलक्ष्य निर्धारण गरिएको छ । मंसिर २५ सम्म ७० प्रतिशत कालोपत्र हुनुपर्ने शर्त उदाहरणका लागिे पुरा हुन सकेन्। तर अब बाँकि लक्ष्य पुरा गर्न एकैपटक धेरै स्थानबाट काम थालेको आयो जना प्रमुख मिश्रले बताउनुभयो।
ठेकेदारलाई अन्तिम पटक भन्दै गत साउन महिनामा एक वर्षका लागी म्याद थप भएपनि म्याद थपिएको चार महिना पछि बल्ल काम सुरु भएको छ । अहिले सम्म ५४ प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्