खप्तड र रारामा पर्यटक प्रहरी इकाई स्थापना गरिँदै

काठमाडौँ–संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ ।

हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन । मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाई गठन गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन
विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवत जावत गर्ने पर्यटकहरूलाई सहजता हुने अनुमान गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरूबाट आउने विदेशी पर्यटकहरूको शान्ति सुरक्षाका साथै उनीहरूलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.