भारतीय प्रधानमन्त्री मोदी फेब्रुअरी ५ मा महाकुम्भमा जाने
एजेन्सी – भारतको प्रयागराजमा लागिरहेको महाकुम्भको आज ९ औं दिन हो । बिहान ८ बजेसम्म १६ लाख मानिसले स्नान गरेका थिए ।
हालसम्म ९ करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । फेब्रुअरी १ मा उपराष्ट्रपति जगदीप धनखर, ५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र १० मा राष्ट्रपति द्रौपदी मुर्मु महाकुम्भमा पुग्ने बताइएको छ ।
व्यवसायी गौतम अडानी आज महाकुम्भमा भाग लिँदैछन् । आइतबार साँझ महाकुम्भमा आगलागी भएपछि सोमबार दमकलका डीजी अविनाश चन्द्रले घटनाबारे जानकारी लिएका थिए । महाकुम्भका लागि थप २० दमकल र १ सय दमकलकर्मी परिचालन गरिने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्