लहान नगरपालिका-२० हरिनगराबाट सलोखरी जोड्ने बाटोमा निर्माण हुँदै पक्की पुल 

लहान-   लहान नगरपालिका-२० हरिनगराबाट सलोखरी जोड्ने बाटोमा पुल (आरसिसी कल्भर्ट) निर्माण हुने भएको छ ।

मेयर महेश चौधरी, वडा अध्यक्ष गणेश चौधरी र काँग्रेस बुथ सभापति विनोद साहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । नगरपालिकाको २० लाख रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको हो ।

पुल नहुँदा यहाँका किसानलाई खेती र आवतजावतमा कठिनाइ भइरहेको थियो । अब सहज हुने स्थानीयहरू बताएका छन् ।

वर्षौँदेखिको पहलमा अहिले आएर पुल निर्माण हुनलागेको  देखेर आफू खुसी भएको काँग्रेस नेता विनोद साहले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.