राजेन्द्र महतोले नेतृत्व गरेको दल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ- राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले उक्त दललाई आज दल दर्ताको प्रमाण पत्र दिएको हो ।  निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

आयोगमा दर्ता उक्त दलको चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ। दल दर्ता नं. २०१ कायम भएको छ।

स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने अध्क्ष महतोले बताउनु भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.