रामेछापमा यस वर्ष जुनार उत्पादनमा वृद्धि
रामेछाप- उत्पादनको दृष्टिकोणले नेपालकै अग्रणी मानिएको रामेछाप जिल्लामा यस बर्ष जुनार उत्पादनमा बृद्धि भएको छ ।
जुनारको दाना लाग्ने मौसम अनुकुल हुनुका साथै किसानहरुले बगैंचा व्यबस्थापन राम्रो गरेका कारण अघिल्लो बर्षको तुलनामा यस बर्ष ५ प्रतिशतले उत्पादनमा बृद्धि भएको हो ।
उत्पादनमा बृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । अघिल्लो बर्षको तुलनामा यस बर्ष उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।
जुनारका लागि यस बर्षको मौसम अनुकुल हुनुका साथै रोग पनि नियन्त्रण भएकाले अघिल्लो बर्षको तुलनामा यस बर्ष उत्पादन बढी भएको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जुनार किसान रामकुमार कार्की बताउनु हुन्छ ।
अघिल्लो बर्ष रामेछापबाट २० करोडको जुनार निकासी भएकोमा यस बर्ष २३ करोडको जुनार निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जनाएको छ । रामेछापमा यस बर्ष ३ हजार मेटिक टन जुनार उत्पादन भएको छ ।
जिल्लाको ६४ वटा वडाहरु मध्ये २५ भन्दा बढी वडाहरुमा जुनार खेति हुँदै आएको छ । रामेछापमा जुनार खेतिको विकास गर्ने उदेश्यले सरकारले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । रामेछाप जिल्लाको कुल ८ सय ७१ हेक्टर क्षेत्रमा जुनार खेति हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्