रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुँदै

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । हिजो बिहीबारको बहसमा लामिछानेका तर्फबाट बहस गर्ने वकिलहरुको पालो नआएका कारण बहस आज पनि हुने भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्धामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई हिजो पनि हाजिरी जमानीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ती ज्ञवालीले जानकारी दिनुभयो ।

मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । हिजो सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट बरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले बहस गर्नु भएको थियो ।

हिजो सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गर्दै बहस गर्नु भएको थियो । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र आज लामिछानेका पक्षबाट कानून व्यवसायीले बहस गर्ने अदालतले जनाएको छ ।

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा रहनु भएको छ। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.