गल्याङ नगरपालिकालाई होलिस्टेन गाईको बीज हस्तान्तरण 

स्याङ्जा – स्याङ्जाकाे गल्याङ नगरपालिकालाई उन्नत नस्लको हाेलिस्टेन गाइको बीज हस्तान्तरण गरिएको छ । नगरपालिका भित्र गाई पालन गरिरहेका किसानहरूको गाईहरूलाई नस्ल सुधार गरी दूध को उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गल्याङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपाल मार्फत गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको बीज हस्तान्तरण  गरिएको हो।

कोरियन सरकार बाट नेपाल सरकारलाई उपहार मार्फत दिइएको उक्त बीज हेफर प्रोजेक्ट मार्फत गल्याङ नगरपालिकाले भित्र्याएको हो । गल्याङ नगरपालिका भित्रका कृषकका गोठमा रहेका होलिस्टेन जातका गाईहरूलाई नगरपालिकाको पशु शाखा मार्फत बीज नि : शुल्क लगाई दूध को उत्पादन बढाउने लक्ष्य नगरपालिकाले राखेको गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.