थुनछेक बहस नसकिएपछि आइतबार पुन: उपस्थित गराउने गरी रविलाई परिवारको जिम्मा

काठमाडौँ- थुनछेक बहस नसकिएपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आइतबार पुन: अदालतमा उपस्थित गराउने गरी आज पनि कानुन व्यवासायी र परिवारको जिम्मा लगाइ छाडिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज सुप्रिम सहकारी ठगी मुद्दामा थुनछेक बहस शुरू भएको थियो ।

थुनछेक बहस नसकिएकाले आइतबार पुनः अदालतमा उपस्थित गराउने गरी वकिल र पत्नीको रोहबरमा रविलाई जिम्मा लगाइएको हो ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा नारायणदत्र कंडेल लगायतले बहस गर्नु भएको थियो ।

दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुनेछ । जवाफी बहसपछि न्यायाधीशले रवि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्नेबारे आदेश सुनाउने छन् ।

माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४२ जना विरुद्ध मुद्दा परेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.