वर्तमान सरकार जति समय टिक्छ माओवादीलाई फाइदा हुन्छ: प्रचण्ड

दाङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार जति समय टिक्छ माओवादीलाई
उति नै फाइदा हुने बताउनुभएको छ ।

नेपाल प्रेस सेन्टर दाङले शनिवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले अहिले माओवादीको
प्राथमिकता सरकार ढाल्ने नभएको बताउनुभएको हो । ‘यो सरकार ८४ सम्मै गएमा माओवादीलाई फाइदै हुन्छ भन्ने हाम्रो
विश्लेषण छ’ प्रचण्डले भन्नुभयो ‘तर यो सरकार धेरै लामो समय जादैन ।’ प्रचण्डले भन्नुभयो ।

उहाँले सरकारमा हुँदा पनि नहँदापनि आफूले सुशासनको मुद्धालाई नछोड्ने पनि  उल्लेख गर्नुभयो ।

‘यो देशलाईसाच्चै नै सुशासन, स्थिरता र विकास दिने हो भने माओवादीलाई म्याजिक नम्बरले पुग्दैन’ प्रचण्डले भन्नुभयो ‘त्यसका
लागि बहुमत नै चाहिन्छ ।’अहिलेको सरकार अध्यादेशबाट चल्न खोजे प्रतिपक्षहरु एक ढिक्का भएर लाग्ने बताउनुभयो । आगामी संसद् बैठकमा योसरकारको भण्डाफोर गर्ने समेत प्रचण्डले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.