विकास निर्माणका काममा नगारिकको साथ आवश्यक: उपप्रधानमन्त्री सिंह
काठमाडौँ- उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काममा नागरिक स्तरबाट अवरोध र विरोध हुन नहुने बताउनु भएको छ । विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
काठमाडौंमा शनिबार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने जानकारी दिनुभयो । उहाँले अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताउनुभयो । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्