गुल्मीमा दुई अर्ब रुपैयाँ बढीको मासु र दुधको कारोबार
गुल्मी- गुल्मी जिल्लामा दुई अर्ब रुपैयाँ बढीको मासु र दुधको कारोबार हुने गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाका अगुवा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम उक्त तथ्याङक प्रस्तुत गरेका थिए ।
जिल्लामा एक वर्षको अवधीमा दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार २ अरब १८ करोड ३७ लाख ४० हजार बरावरको मासुको कारोबार हुने गरेको व्यवसायीहरुको अनुमान रहेको छ ।
दुई नगर र दशवटा गाउँपालिकामा रहेका व्यावसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५ सयको दुधको कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् । गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम गरिएको छ ।
जिल्लामा दुध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग छलफल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो ।
जिल्लामा दुध, माछा, मासु जन्य व्यवसायमा देखिएका समस्याहरुको बारेमा व्यवसायीहरुले विभिन्न खालका धारण राखेका थिए । व्यवसायीहरुले व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको, उपभोक्त कमी उत्पादन बढी भएको, मूल्य निर्धारण नगरिएको जस्ता समस्या राखेको दुग्ध व्यवसायी रबीलाल पन्थले बताउनुभयो ।
उहाँले ठूलो परिमाणमा दुध भण्डारण गर्न गुणस्तरीय चिस्याल केन्द्रको अभाव भइरहेको जस्ता समस्याहरु राख्नु भएको थियो । दुध, माछा, मासु व्यवसायीहरुसँग विभिन्न खालका समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा गरिएको यस कार्यक्रमले व्यावसाय सञ्चालनसँगै गुणस्तीयर बिक्री विरतण गर्नका लागि टेवा पुग्ने पन्थले बताउनुभयो ।
जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुलाई व्यवसाय दर्ता, सञ्चालनको बारेमा कार्यालय प्रमुख हुमाकान्त पाण्डेले जानकारी गराउनु भएको थियो । व्यावसायीहरुसँग वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी लिदै कार्यालय प्रमुख पाण्डेले आगामी दिनमा समस्या समाधानको बारेमा कार्यालयको तर्फबाट सम्बन्धीत कार्यक्रममा समाबेश गर्ने बारेमा जानकारी गराउनु भयो।
जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुसँग गुणस्तरीय वस्तु बिक्रीका लागि यस कार्यक्रमले महत्वपूण भूमिका खेल्ने कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
यस कार्यक्रमले व्यवसायीहरूलाई एकअर्कासँग आफ्नो अनुभव, समस्याहरू र सम्भावित समाधानहरू साझेदारी गर्ने अवसर प्रदान गरेको व्यवसायीहरुको तर्क छ ।
कार्यक्रमले विभिन्न कृषि, पशुपालन, माछापालन र मासु उत्पादन व्यवसायीहरूको समस्यामा सुल्झाउन, बजारमा सुधार गर्न मद्दत गने अपेक्षा कार्यालयले लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्