शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ ।

बिहानै विद्यालय जाने बालबालिका, जेष्ठ नागरिक, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् । शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेका छन् ।

जेष्ठ नागरिकमा श्वासप्रश्वासको समस्या बढेको छ । आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् ।

कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइको सामना गर्नुपरिरहेको छ । शीतलहर र हुस्सुका कारण तरकारीबालीमा डडुवा रोगको सङ्क्रमण देखिएको छ ।

रोगको सङ्क्रमणले सबैभन्दा बढी आलुमा क्षति पुर्‍याउन थालेको स्थानीय किसानको भनाइ छ । दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.