नेपाली काँग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी छ।

बैठकमा सरकारले ल्याएको अध्यादेशका अन्तरवस्तु र संसदमा सांसदहरुको भूमिकाका बारेमा छलफल भइरहेको छ।

बैठकमा अध्यादेशको विषयमा विज्ञहरुले सांसदहरुलाई बुझाउने काम भइरहेको काँग्रेसका एकजना सांसदले जानकारी दिनुभएको छ।

संसदको बैठक यही माघ १८ गते बस्दै छ।

संसदमा आफ्ना सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउने तयारी काँग्रेसले गरेको हो ।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफ्ना सांसदहरुलाई अध्यादेशको पक्षमा सशक्त भएर लाग्न निर्देशन दिइसक्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.