स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ :– अध्यक्ष ढकाल

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललेअनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताउनु भएको छ ।

७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका क्रियाकलापहरु केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राख्नु भयो ।

“व्यापार सहजीकरण, स्वच्छ र निश्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मूख्य उदेश्य लिएर हिडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु मुलुकको दिर्घकालिन हितको लागि श्रेयस्कर हुन्छ ।”  उहाँलेभन्नुभयो ।

उहाँले वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मूख्य देशहरुसंग द्धिपक्षीय सम्झौता गरी स्वचालित डाटा आदनप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्युन तथा अधिक विजकीकरण, वर्गीकरण लगायतका समस्याहरु धेरै हदसम्म न्युनीकरण गर्न सकिने बताउनु भयो ।

ठुलो मात्रामा व्यापार हुने छिमेकी मुलुकहरुसंगको खुला सिमाना, आयातमुखि राजस्व संरचना, स्वदेशी उद्योगको संरक्षणको लागि सरकारले लगाएका भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरी पैठारी र राजस्व जोखिमलाई बढाईरहेको हुनाले यसको न्युनीकरणको लागि नीतिगत रुपमा नै सम्बोधन गर्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

एकद्धार प्रणाली कार्यान्वयनमा आएपछि भन्सार सम्वन्धि अन्य धेरै निकायबाट जारी हुने शिफारिस, अनुमति लगायतका प्रमाणपत्रहरु स्वचालित रुपमा हुने गरेका र यसले यसले आयात निर्यात धेरै सहज भएको उल्लेख गर्दै उहाँले निकासीको लागि आवस्यक पर्ने उत्पत्तीको प्रमाणपत्रलाई पनि एकद्धार प्रणालीमा आवद्ध गर्न भन्सार विभागले आवश्यक पहल गर्न आग्रह गर्नु भयो ।

उहाँले प्रविधिसंगै भौतिक पुर्वाधारहरुको पनि व्यापार सहजीकरणमा महत्वपुर्ण योगदान रहने उल्लेख गर्दै निर्माणाधिन आइसीपीहरुको सिघ्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाहरुको स्थापना र विस्तारमा समयमै ध्यान दिनु समेत सरकालाई आग्रह गर्नु भयो

अध्यक्ष ढकालले सार्वजनिक सेवा प्रवाह र लगानी अभिवृद्धि गर्ने वातावरण निर्माणका लागि अध्यादेशबाट एकमुष्ट २ दर्जनभन्दा बढी कानुनहरुमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यवसायिक वातावरण बनिरहेको अनुभुती निजी क्षेत्रले गरेको बताउनु भयो ।

महासंघले चालु आर्थिक बर्षको बजेट तर्जुमाको क्रममा छुट्टै भन्सार महसुल ऐन, भन्सार जाँचपास परिक्षणको समयसीमा लगायतका भन्सार सम्वन्धि धेरै सुझावहरु दिएको स्मरण गराउँदै अध्यक्ष ढकालले महासंघले उठाएका केही विषयहरु सम्बोधन भएपनि अन्य थुप्रै विषय थाती रहेकोले आउने दिनमा ती विषयहरुमा सम्बोधन हुने अपेक्षा गर्नु भयो ।

७३ बर्ष अगाडी विश्व भन्सार परिषदको पहिलो सम्मेलन भएको सम्झनामा आजको दिन  २६ जनवरीलाई लाई विश्व भन्सार संगठनका सबै सदस्य राष्ट्रहरुमा विभिन्न कार्यक्रम आयोजना गरी यो ऐतिहासिक अवसरलाई स्मरण गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.