सत्ता गठबन्धनलाई थप कसिलो बनाएर लैजाने काँग्रेसको निश्कर्ष

काठमाडौँ- नेपाली कांग्रेसले बर्तामान सत्ता गठबन्धनलाई थप कसिलो बनाएर लैजाने निश्कर्ष निकालेको छ ।  आज बसेको संसदीय दलको बैठकले नेकपा एमालेसँगको गठबन्धनलाई थप कसिलो बनाएर २०८४ सम्मै लैजाने निष्कर्ष निकालेको हो ।

आजको दलको बैठकमा सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ रहेको बताउँदै बर्तमान सत्ता गठबन्धनलाई थप कसिलो बनाएर २०८४ सम्म लैजानुपर्ने सुझाब नेताहरुले दिएको बैठकमा सहभागी सांसद  रामहरि खतिवडाले जानकारी दिनुभयो ।

‘अहिले ३/३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरा सुझाब आएको छ । खतिवडाले भन्नुभयो ।

दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.