प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
काठमाडौँ – आसन्न संसद् अधिवेशन तयारीका सम्बन्धमा सभामुख देवराज घिमिरेले आज पनि छलफललाई निरन्तरता दिने हुनुभएको छ ।
सभामुखले आज संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लाग्नुभएको हो।
सभामुखको कार्यकक्ष सिंहदरबारमा ११ बजे बैठक बस्ने गरी समय तय भएको सभामुखको सचिवालयले जनाएको छ । आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टछछुट्टै छलफल गर्नुभएको थियो ।
संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्