भन्सारलाई प्रविधि र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड

रुपन्देही-  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपालका भन्सारलाई प्रविधि र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड दिएको छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार नाकालाई थप व्यवस्थित गर्दै भन्सार कार्यालयहरूलाई प्रविधि र पूर्वाधारयुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले अब बन्ने भन्सार विधेयकमा सबैका सुझाव सुन्दै समयसापेक्ष कानुन निर्माण गर्नेमा जोड दिनुभयो । उहाँले कानुन जस्तो कुरा पटक पटक नबन्ने हुँदा भन्सार विधेयकलाई धेरै सोचविचार गरेर मात्र अगाडी बढाइने उल्लेख गर्नुभयो ।

समितिका सदस्य सूर्य थापाले भन्सारलाई पेपरलेस र फेस लेस बनाउने गरी कानुन निर्माण गर्नुपर्ने सुझावहरू प्राप्त भएको बताउँदै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो।

भन्सार विधेयक संशोधनको लागि संसद्मा पेस भएको उल्लेख गर्दै उहाँले अर्थ समिति सरोकारवालाको सुझाव लिन सीमा नाकाहरूमा पुगेको बताउनु भयो ।

सिमानाकामा चोरी निकासी पनि मुख्य समस्याको रूपमा देखिएको बताउँदै सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

अर्थ समितिका अर्का सदस्य गङ्गा कार्कीले विधेयकलाई जनता र राज्यको हितसँगै अर्थतन्त्रको अधिकतम हित हुने गरी बनाउने पक्षमा रहेको बताउनु भयो ।

कार्कीले नियम कानुन र व्यवहारिक समस्या रहे पनि भन्सारको मुख्य समस्या प्रविधि नै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.