प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौँ – प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ ।
सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।
समितिले माघ महिनाका लागि हिजो तयार गरिएको प्रतिनिधि सभाको कार्यतालिका अनुमोदन गर्नेछ ।
हिजो यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको हो ।
सभामुख घिमिरेको अध्यक्षतामा सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो ।
संसद्को पहिलो दिन सुरूमा प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्