डोटीमा खुल्ला आकाशमुनि पढ्न बाध्य बिद्यार्थी
डोटी- डोटीका विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर -२ मा रहेको जनता माध्यामिक विद्यालय सडेखानका विद्यार्थी कक्षा कोठामा खुल्ला आकाश मुनि बसेर पढ्न बाध्य भएका हुन् ।
गत जेठ महिनामा आएको हावाहुरीले विद्यालयको दुईकोठे भवनको छाना उडाएपछी हालसम्म पनि मर्मत नहुँदा बिद्यार्थी सोही कक्षा कोठामा बसेर पढ्न बाध्य भएको बिधालयले जनाएको छ ।
चिसो मौसममा खुल्ला आकाश मुनि बसेर पढ्न समस्या भैरहेको छ । जस्ले गर्दा आफुहरुको पढाई समेत प्रभावित हुने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन् ।
यता गाउँपालिकाले भने विपत व्यवस्थापन कोषबाट स्कुलको छाना मर्मतको लागि १ लाख रुपैयाँ छुट्याइएको र विद्यालयले हालसम्म पनि प्रक्रिया अगाडी नबढाएको जानकारी दिएको छ ।
गत असारमा करिब एक लाख रुपैयाँ बजेट छुट्याएको तर बिधालयले रकम नपुग्ने भन्दै अहिलेसम्म काम गरेको छैन । अब हिउँदे अधिवेशनमा दुई/तीन लाख रुपैयाँ छुट्याएर जस्ता पाता टिन भन्दा पनि लेण्टर (अर्थात छत नै) बनाउने योजना रहेको बडिकेदार गाउँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीमगरले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर नामजालीका अनुसार विद्यालयको आयस्रोत छैन विद्यालयकै आयस्रोतबाट मर्मत गर्न सकिने अवस्था नरहेको र निजी शिक्षकलाई तलब खुवाउन नसकिरहेको बेला पालिकाबाट छुट्याएको एक लाख रुपैयाँले १२ फुटे जस्तापाता टिन खरिद गर्न पैसा पुग्ने भए पनि अन्य काठ लगायत सामग्री खरिदका लागि बजेट नपुग्ने भएकाले समस्या भएको बताउनुभयो ।
फेरि हावाहुरी चल्दा उस्तै अवस्था हुने हुँदा बजेट थपका लागी पालिकालाइ अनुरोध गरिएको प्रधानाध्यापक नामजालीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्