महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु, कयौं घाईते
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/MixCollage-29-Jan-2025-08-48-AM-1451.jpg)
काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । कयौं घाईते भएको बताईएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो । अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो ।
ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लीट जडान गरेको छ ।
डेढ महिनामा उत्तरी सहर प्रयागराजमा ४० करोड भन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ । सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया राख्नुहोस्