बाढी पहिरो गएको चार महिना बितिसक्दा प्रभावितहरू अझै त्रिपालमुनि

काभ्रे –  बाढी पहिरो गएको चार महिना बितिसक्दा काभ्रेको विकट मानिने खानी खोला गाउँपालिकाका बाढी÷पहिरो प्रभावितहरू अझै पनि त्रिपालमुनि बस्दै आएका छन् । बाढी÷पहिरोको घटनाको ४ महिना बितिसक्दा पनि उनीहरु अझै पनि चिसोमा त्रिपालमुनि बस्न बाध्य भएका हुन् । काभ्रेको डाँडापारिस्थित खानी खोला गाउँपालिका–६ चनौटे बागमती खोला किनारका तामाङ बस्ती सब बाढीले बगाएपछि सो बस्तीका बासिन्दा बागमती खोला माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।

माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका प्रकाश सिङतान, सहित ६ परिवार माथि डाँडामा भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन् ।

बाढीले घर, जग्गाजमिन सबै लगेपछि स्थानीयले जग्गा सहयोग दिएपछि खानी खोला गाउँपालिकाको चनौटेमा बस्दै आएको प्रकाश सिङतान, बताउनुभयो । उहाँका अनुसार, आफ्नो जग्गा नभएकाले घर बनाउने सक्ने स्थिति पनि छैन । पालिकाबाट त्रिपालको सहयोग पाएर त्रिपालको सानो छाप्रो बनाएर बस्दै आएको उहाँले बताउनुभयो ।

बाढीले घर, जग्गाजमिन सबै लगेपछि स्थानीयले जग्गा सहयोग दिएपछि खानी खोला गाउँपालिकाको चनौटेमा बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार, आफ्नो जग्गा नभएकाले घर बनाउने सक्ने स्थिति पनि छैन । ’असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौ ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिका र विभिन्न सङ्घ सस्थाहरुले तत्कालका लागि आश्रय स्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उहाँहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिइरहेका छन् ।

गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी वासस्थानमा गुजारा चलाउँदै आएका छन् ।

बाढी÷पहिरोबाट प्रभावित भई त्रिपालमुनि बस्न बाध्य भएकाहरूलाई स्थानान्तरण गर्ने तयारी भइरहेको खानी खोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिनभयो ।  उहाँहरूको लागि अस्थायी आवासको व्यवस्थापन गराउनको लागि पनि केन्द्रीय सरकारको निर्णय बमोजिमको ५० हजार रुपैयाँ रकम समेत प्राप्त भएको छैन, आवास निर्माणमा सहजीकरण गरिइदिनको लागि सङ्घ–संस्थाहरूलाई आग्रह गरिएपिन यस विषयमा कुनै सम्बोधन नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष थिङका अनुसार बाढी पहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघु जलविद्युत् आयोजना लगायत संरचना ध्वस्त भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.