डोल्पामा आगलागीमा पनि ७५ वर्षीय वृद्धको मृत्यु

डोल्पा – डोल्पाको मुड्के चुला गाउँपालिकामा आगलागीमा परि ७५ वर्षीय वृद्धको मृत्यु भएको छ ।
वडा नम्बर -४ ईल स्थित गाउँमा रहेको बादी कामीको घरमा बिहान ९ बजेको समयमा आगलागी हुँदा ७५ वर्षीय वृद्ध बादी सार्कीको सुतेको अवस्थामा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बृद्ध अवस्थाका ७५ वर्षीय बादी कामी अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेको अवस्थामा ओढेको बल्ङकेट चुलोमा परेर जल्दा आगलागी भएको बताइएको छ ।
आगलागीबाट दुई तले माटो ढुङ्गा र काठले बनेको घर जलेर पुर्णरुपमा ध्वस्त भएको छ । मृतक कामीका ज्वाइँ र छोरी काम विशेषले खेतबारीमा गएको अवस्थामा घर आगलागी भएको थियो । आगलागी पछि ईल स्थित प्रहरी चौकीका सुरक्षाकर्मी स्थानीय लागेर गोठमा भएका पशुचाैयाकाे सकुशल उद्धार गरिएको थियो आगलागीको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली समेत घटनास्थल गएको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्